समाजवादी प्रेस संगठन कास्कीका अध्यक्ष रुद्धबहादुर थापालाई पत्नीशोक

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ ।  समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रहेका थापाका ७३ वर्षीया धर्मपत्नी राममाया थापामगरको सोमबार निधन भएको हो ।

क्यान्सर रोगले ग्रस्त राममाया थापामगरको पोखराकै फिस्टेल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

अहिले राममायाको शव पोखराकै पुरानो एअरपोर्ट नजिकै घरमा राखिएको छ । उनको मंगलबार विहान मगर संस्कार अनुसार बुद्ध अघौं सदन रामघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

थापामगरको असामयिक निधन प्रति समाजवादी प्रेस संगठन र फोनिज लगायत पत्रकारका विभिन्न संघ संस्थाले दुख प्रकट गरेका छन् । संगठनहरुले शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

 

  • २२ मंसिर २०८२, सोमबार १७:३२ प्रकाशित