काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
त्यसअघि पूर्वराष्ट्रपतिले सिंहदरबारस्थित जेनजी आन्दोलनमा जलेको प्रधानमन्त्री कार्यालयको भवनको अवलोकन गरेकी थिइन् ।















