काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३।५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ ।
आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११ स् ०९ बजे २६३६ अंकमा पुगेको बजार त्यसपछि निरन्तर ओरालोमा रह्यो ।
४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम १० करोड बढेको छ । अघिल्लो दिन ५ अर्ब २३ करोडको कारोबार भएकोमा पनि ५ अर्ब ३३ करोडको भयो ।















