भारतको एक नाइट क्लवमा सिलिण्डर विष्फोट, २३ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको ज्यान गुमेको छ । प्रहरीका अनुसार अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । घटना शनिबार राति करिब १२ बजेको हो ।

घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार ज्यान गुमाउनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।

कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्सिएर ज्यान गुमेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोवा सरकारले घटनाको जाँच गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।

  • २१ मंसिर २०८२, आईतवार ०८:३३ प्रकाशित