काठमाडौं ।
अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । शनिबार राति अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो ।
भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो ।
स्थानीय अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन् । यद्यपि भूकम्पका कारण अहिलेसम्म कुनै हताहत वा सम्पत्ति क्षतिको खबर छैन ।
प्राकृतिक संसाधन क्यानडाकी भूकम्पविद् एलिसन बर्डले भूकम्पको केन्द्रबिन्दु नजिकैको युकोन उबडखाबड पहाड र कम जनसंख्या भएको क्षेत्र भएको बताइन् ।














