पोखरा ।
आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा छ । अस्ट्रेलियन डलरको यो विनियमदर हालसम्मकै सबैभन्दा उच्च हो ।
हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६८ पैसा थियो ।















