काठमाडौं ।
श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको छ । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार बताए ।
गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।“पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहेका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गरे ।
चन्द्रकीर्तीले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेको लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रधान गरेको बताए ।
राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक सङ्कटबाट गुज्रिदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताए । यस अघि उनले शनिबार आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थिए ।
आर्थिक सङ्कटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नु सरकारको सबै भन्दा ठुलो चुनौती भएको दिसानायकले मङ्गलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताए ।
श्रीलङ्का सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्वाश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ ।
देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलङ्काले मितव्ययिता उपायहरू सहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताए । रासस















