गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो ।यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।

  • १७ मंसिर २०८२, बुधबार १३:५६ प्रकाशित