वालिङ नगरपालिकाले सडक खाना महोत्सवको दिन सार्वजनिक बिदा दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्याङ्जास्थित वालिङ नगरपालिकाले सडक खाना महोत्सव गरेको दिनमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।वालिङ नगरपालिकाले यही मंसिरको १९ गते प्रथम सडक खाना महोत्सव गर्न लागेको छ ।

सडक खाना महोत्सवलाई भव्य रुपमा मनाउनका लागि पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सडक खाना महोत्सवको दिनमा सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरिएको पालिकाले सूचना निकालेर जानकारी गराएको छ ।

  • १६ मंसिर २०८२, मंगलवार १५:०४ प्रकाशित