लागुऔषधसहित पोखरामा एक युवती पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन् ।

हिजो मंसिर ११ गते दिउँसो एक बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट घर भई हाल लेकसाईडको स्ट्रिट नम्बर ४ मा बस्ने वर्ष २३ की आन्सी परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

डरा गरि बस्ने आन्सीको कोठाबाट डाईजापाम ३४, फेनेरागन ३३ र ब्रुफिनुर्पिन ३४ गरी १०१ एम्पुल लागूऔषध र एउटा मोर्बाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीषक हरी बहादुर बस्नेतले जानकारी दिए ।
उनीमाथि ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरीले बताएको छ ।

  • १२ मंसिर २०८२, शुक्रबार १७:०६ प्रकाशित