हङकङ ।
हङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ । अरू ७६ जना घाइते भएका छन् । अझै पनि करिब ३०० जना बेपत्ता रहेको पनि खबर आएको छ ।
बुधबार ताई पो जिल्लाका अपार्टमेन्ट ब्लक्सका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो । हङकङका नेताले आगो अब नियन्त्रणमा आएको बताएका छन् । सुरक्षा कमजोरीहरूप्रति जनताको आक्रोश छ ।
आगलागीको समयमा दूघर्टना स्थलमा कति जना थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन । हालैका तथ्याङ्कहरूका अनुसार, यी आठ अपार्टमेन्ट ब्लक्समा ४ हजार ६०० जना बस्थे ।
आगलागी कसरी सुरु भयो भन्ने थाहा हुन सकेको छैन । भवनहरूको मर्मत सम्भार चलिरहेको अनि भवनका बाहिरी भागमा प्रयोग गरिएका सामग्रीहरू अग्निरोधी नभएकोले त्यहीबाट आगो भड्किएको प्रहरीले बताएको छ ।














