यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • २८ कार्तिक २०८२, शुक्रबार ०७:४६ प्रकाशित