पहिरो हटाएसंगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।

सुक्खा पहिरोका कारण अवरुद्ध राजमार्ग पहिरो हटाएसंगै दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

 

सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

  • १७ कार्तिक २०८२, सोमबार ०८:२९ प्रकाशित