खराब मौसमले उडान प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौं ।

खराब मौसमका कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानरअवतरण प्रभावित भएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएपछि तीनवटा अन्तर्राष्ट्रिय र दुई आन्तरिक उडान अन्य गन्तव्यतर्फ डाइभर्ट भएका छन्।

नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँ दिल्लीतर्फ डाइभर्ट भएको छ।

त्यस्तै दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको शेर्पाले बताए।उनका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ नै डाइभर्ट भएको छ।

त्यस्तै काठमाडौंका लागि उडेको श्री एयरकै अर्को जहाज अवतरण हुन नसकेपछि विराटनगरतर्फ नै मोडिएको उनले बताए।अहिले भरतपुर, तुम्लिङटार लगायत केही विमानस्थलमा उडान हुन सकेको छैन।

  • १३ कार्तिक २०८२, बिहीबार १२:३३ प्रकाशित