काठमाडौं।
शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् ।















