कोशी र कर्णालीका केही स्थानमा फाटफुट वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।

आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

 

 

  • ४ कार्तिक २०८२, मंगलवार ०७:५७ प्रकाशित