चारवटै सुरक्षा निकायका प्रमुखले भने, ‘निर्वानका लागि सुरक्षा दिन तयार छौं’

केन्द्रभाग मिडिया

काठमाडौं ।
सबै सुरक्षा निकायका प्रमुखहरूले आगामी २१ फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा दिन तयार रहेको बताएका छन् ।

आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा शीतल निवासमा भएको छलफलमा उनीहरुले आफूहरू चुनावमा सुरक्षा दिन तयार रहेको बताएका हुन् । ‘सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभयो’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

चारवटै सुरक्षा निकायका प्रमुख तथा गृहमन्त्री र अन्य मन्त्री सहभागी बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो । सुरक्षा निकायका प्रमुखहरूले अहिलेभन्दा कठिन अवस्थामा पनि चुनाव गराउन सफल भएको दृष्टान्त सुनाएका थिए ।

यस्तै प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोतसाधन दिन तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको बताए ।

 

  • १ कार्तिक २०८२, शनिबार १४:०५ प्रकाशित