आज कुन देशको मुद्रादर कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं।

अमेरिकी डलरको मुल्य अस्ति(मंगलबार) देखि स्थिर रहेको छ ।

नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ। अस्ति र हिजो पनि अमेरिकी डलरको खरिदबिक्रीदर यति नै रहेको थियो ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८० पैसा र बिक्रीदर १६१ रुपैयाँ ६२ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २९ पुष २०७८, बिहीबार ०९:४५ प्रकाशित