पोखरा १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षका सुजन वि.क रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सुजनले हिजो(सोमबार) साँझ ८ बजेर ५० मिनेटको समयमा शितलादेवी बस्ने देविकला अधिकारीलाई पेस्तोल देखाई लुटपाट वडा प्रहरी कार्यालय रामबजारले बताएको छ । उनको साथबाट लुटपाटका लागि प्रयोग गरेको एउटा नक्कली पेस्तोल र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद भएको छ । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • २८ आश्विन २०८२, मंगलवार १७:०३ प्रकाशित