‘मोडिफाई मोटरसाकल मार्फत ध्वनी प्रदुर्शण गरे प्रहरीलाई खबर गर्नु’

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की प्रहरीले मोटरसाइकल मोडिफाई गरेर चलाउने र त्यसमार्फत ध्वनी प्रदुर्शण फैलाउने विरुद्ध निगरानी बढाउन सुरु गरेको छ । कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार यसरी सवारी मोडिफाइ गर्ने चार वटा सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न मिति र समयमा मोटरसाईकलको स्वरुप परिवर्तन गराई, ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने चेकजाँचको क्रममा प्रहरीसँग विवाद गर्ने यस्ता व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिई कानूनी कारवाहीको दायरामा ल्याइएको उनले जानकारी दिए ।

सहरी तथा ग्रामिण क्षेत्रमा हो-हल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउने मोटरसाईकल आफ्नो घर वरपर देखेमा तुरुन्त प्रहरीलाई सम्पर्क गर्न समेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।

त्यस्तो पाए मोटरसाइकल नम्बर नेपाल प्रहरीको हटलाइन १०० र ट्राफिक प्रहरीको हटलाइन वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन कास्की प्रहरीले भनेको छ । जानकारी गराउनेको गोपनियता राखिने समेत प्रहरीले प्रष्ट्याएको छ ।

  • २७ आश्विन २०८२, सोमबार १४:३९ प्रकाशित