दशैँको टीकाको आज तेस्रो दिन : टिका लगाउने र आशीर्वाद लिनेक्रम जारी

केन्द्रभाग मिडिया

 

पोखरा ।
आज आश्विन शुक्ल द्वादशी दिन पनि दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमा शनिबार झरीका बिचमा पनि टिका लगाउने आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो ।

विजयादशमीका दिनदेखि सुरुभएको टिका बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन  छ । नेपालको उपत्यकासहित पूर्व क्षेत्रमा भने दशैँ पूर्णिमासम्म मनाइन्छ ।

  • १८ आश्विन २०८२, शनिबार १२:१३ प्रकाशित