आज बिजयादशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

केन्द्रभाग मिडिया

पोखरा ।

आज बिजया दशमी बडादसैँअन्तर्गत आज मुख्य दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ ।

आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ ।

आज मान्यजनहरु गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ।

त्यसो त मान्यजन टाढाटाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन् । बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

  • १६ आश्विन २०८२, बिहीबार १०:१३ प्रकाशित