नयाँ दिल्ली ।
तमिल फिल्म उद्योगका अभिनेताबाट राजनीतिज्ञ बनेका विजय सहभागी भएको करुरमा भएको र्यालीमा ४० जनाको मृत्यु भएपछि यतिखेर अभिनेतालाई पक्राउ गर्नु पर्ने माग उठिरहेको छ । तमिलनाडु विद्यार्थी सङ्गठनले तमिलगा भेत्री कझगम ९टिभीके० प्रमुख विजयलाई निशाना बनाइरहेका छन् ।
सङ्गठनले विजयको निन्दा गर्दै पोस्टरहरू टाँसेका छन् । यी पोस्टरहरूमा विजयको हात रगतले लतपतिएको देखाइएको छ । भागदौडका क्रममा मान्छेको ज्यान गएपछि प्रहरीले पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । यसमध्ये एक जना टिभीकेका महासचिव एन आनन्द पनि थिए ।
आइतबार विजयले आफ्नो र्यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका थिए । दुर्घटनामा प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एक्समा उनले एउटा पोस्टमा बताएका थिए । उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको थियो ।















