दासढुंगा नजिकै पहिरो, मुग्लिन नारायणघाट सडक फेरि एकतर्फी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी भएको छ ।

चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर भएको सडक अवरुद्ध खुलाएर गाडी चलेकोमा आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको हो ।

उक्त पहिरो ठुलो नरहेकोले करिब एक घण्टामा हटाइसक्ने र त्यसपछि राजमार्ग दुईतर्फी हुने सडक विभागले जनाएको छ ।

  • १२ आश्विन २०८२, आईतवार ११:०५ प्रकाशित