सल्यान ।
सल्यानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गुमेको छ । आइतबार बिहान ४ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा लु २ ख ६५०२ यात्रुवाहक गाडी सडकबाट खस्दा ३ जनाको घटनास्थलमै ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर रेशम खत्रीका अनुसार गाडी सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा २ जना पुरुष र एक महिला छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।
दुर्घटनामा २ जना गम्भीर घाइते भएका उनले जानकारी दिए । प्रवत्ता खत्रीका अनसार घाइते हुनेमा मा रूकुम पश्चिम बाफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया डिना केसी हुन् । उनीहरूलाई उपचारका लागि तुलसीपुर स्थित राप्ति प्रादेशिक अस्पताल पठाइएको छ ।















