केन्द्रीय समिति बैठक : प्रचण्डद्वारा केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् ।

बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटनको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावअनुसार उनले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेको एक नेताले बताए । सो प्रस्ताव पदाधिकारी र स्थायी कमिटी बैठकबाट पारित भएअनुसार केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले पेस गरेका हुन् । केन्द्रीय समितिबाट अनुमोदन भएमा हालका सबै कमिटी विघटन हुनेछ ।

  • ९ आश्विन २०८२, बिहीबार १३:३९ प्रकाशित