मलद्वारमा लुकाएर सुन ल्याउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ ।भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।

प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

  • ८ आश्विन २०८२, बुधबार १५:३२ प्रकाशित