तुइन खोलमा पहिरो, मुग्लिन-नारायणगढ सडक फेरि अबरुद्ध

केन्द्रभाग मिडिया

File photo

चितवन ।
तुइन खोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ ।

तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेका कारण सडक अबरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तुइन खोलामा खसेको पहिरो हटाउने काम भइरहेको छ ।  सडकमा सवारी चालकले सवारी साधन अव्यवस्थित तबरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको भन्दै कार्यालयले लेन अनुशासनको पालना गर्न चालकहरूलाई अनुरोध गरेको छ ।

  • ७ आश्विन २०८२, मंगलवार ०९:१३ प्रकाशित