पोखरा ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको सपथ लिने तयारीमा रहेका वैज्ञानिक महावीर पुनले आफूलाई बधाई नदिन र मन्त्री नभन्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । पुनले आफूले पाँच महिनाको अबधिमा गर्नसक्ने र गर्ने पर्ने कामको बारेमा सुझाव दिन आग्रह गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रको अध्यक्ष रहेका पुन आविस्कार केन्द्र स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले परिचित छन् ।
उनले आफ्नो घोषणामा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला ।’














