यी दुई प्रदेशका पहाडी भेगमा भारी वर्षा हुनसक्ने

केन्द्रभाग मिडिया

पोखरा ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आँशिक प्रभाव छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना  छ ।

कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

  • ६ आश्विन २०८२, सोमबार ०७:२३ प्रकाशित