दैलेख ।
दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९, मंगलगडी चोकबाट पक्राउ गरेको हो ।
सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग घुस लिएका हुन् ।















