देशभरिका कारागारबाट भागेकामध्ये हालसम्म्म ३ हजार ७२३ कैदीबन्दी पक्राउ

आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह

केन्द्रभाग मिडिया

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा बनेको भयावह परिस्थितिका बेला देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागारमा ल्याइएको जानकारी दिएका छन् । अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे।

उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन्।

कतिपय आफै फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे।कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे।

सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन्।

फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

  • २९ भाद्र २०८२, आईतवार १६:१५ प्रकाशित