काठमाडौं ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यही २३ र २४भदौमा भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको ज्यान गुमेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।
आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको ज्यान गुमेको हो । जेनजीतर्फ २१ जना, कैदी नौ जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता घिमिरेका अनुसार आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर ज्यान गुमेको हो । कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ ।
जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि ज्यान गुमेको छ ।















