प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको ज्यान गुमेको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको ज्यान गुमेको बताइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको ज्यान गुमेको पुष्टि गरे ।

ज्यान गुमाउनेमा एक असई र अर्का एक जना रहेको जनाइएको छ । बाँकी कहाँ कति प्रहरीको ज्यान गुम्यो भन्ने अहिलेसम्म यकिन विवरण नआएको उनले बताए ।

  • २५ भाद्र २०८२, बुधबार १२:०४ प्रकाशित