आज विद्यालय नखोल्ने पोखरा महानगरको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले महानगर क्षेत्र भित्रका सबै विद्यालयहरु आज नखोल्ने निर्णय गरेको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वर्तमान विषम  परिस्थितिका कारण आज महानगर क्षेत्रका विद्यालयमा विदा दिइएको जानकारी दिए । आजको अवस्था हेरेर थप निर्णय हुनेसमेत उनले बताए ।

‘देशमा अकल्पनीय र दुखद घटना भएको छ । स्थानीय प्रशासनले निशेधाज्ञा समेत जारी गरेको अवस्थाका बीच विद्यार्थीलाई विद्यालय बोलाउन उचित नहुने ठानेर महानगर आज विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।’ उनले भने, ‘आजको अवस्था हेरेर आगामी दिनको निर्णय हुनेछ ।’

 

  • २४ भाद्र २०८२, मंगलवार ०९:२४ प्रकाशित