सरकारसँग एक्सले माग्यो दर्ताको कागजात

केन्द्रभाग मिडिया

काठमाडौं ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) ले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।

शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो । हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले   भने ।

सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।

  • २० भाद्र २०८२, शुक्रबार १६:१९ प्रकाशित