फेसबुकसहित दर्ता नभएका समाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

९ भदौ २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो ।

‘सूचीकरण नभएका सामाजिक सन्जालहरु आजबाट क्रमश बन्दको निर्णय लागू हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।

  • १९ भाद्र २०८२, बिहीबार १४:३७ प्रकाशित