तीव्र रुपमा संक्रमण फैलिए पनि अब लकडाउनको बाटो अपनाउनु हुदैँन : अर्थमन्त्री शर्मा

केन्द्रभाग मिडिया

अर्थमन्त्री जनार्दन शर्माले अब लकडाउनको बाटो कुनै पनि हालतमा अपनाउन नहुने बताएका छन् ।कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो रोज्न नहुने उनले बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वसाधारणमा फेरि लकडाउन हुन्छ कि भन्ने आशंका रहेको बताउँदै अब लकडाउनको बाटो रोज्न नहुने जिकिर गरे । उनले अब पनि लकडाउनको बाटो अपनायौँ भने अर्थतन्त्रले थेग्न नसक्ने उल्लेख गरेका छन् ।

  • २६ पुष २०७८, सोमबार १६:४८ प्रकाशित