काडमाडौं ।
चार करोड २५ लाख र ९ किलो सुनसहित एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई रहेका छन् । श्रेष्ठ काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको बताए ।
श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीले बताए ।
मंगलबार प्रहरीले छापा हानेर ठूलो मात्रामा रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा ४ करोड २५ लाख रकम रहेको खुलेको थियो ।
त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदी सहित प्रहरीले
उक्त रकम र सुनचाँदी सहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।
ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सोही क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।















