जिसस कास्की रुग्ण आयोजना शुन्य बनाउने दिशामा अगाडी बढेको प्रमुख पौडेलको दाबी

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले आर्थिक वर्ष २०८१-८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक वर्ष २०८२÷८३ को कार्ययोजना सार्वजनिक गरेको छ ।

मंगलबार एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कार्य योजना सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानको मर्म अनुसार प्राप्त अधिकार र स्रोत साधनको अधिनमा रहेर उत्कृष्ट समन्वय र अनुगमनका कार्यलाई प्रभावकारी बनाउदैं लगेको बताए।

प्रदेश सरकारले बनाउनु पर्ने जिल्ला समन्वय समिति सम्वद्ध कानुनहरु नबनाउनु, प्राकृतिक स्रोत उपयोग तथा बाडफांड सम्वन्धि संघीय कानुन नहुदा कार्य सम्पादनमा कठिनाइ हुनु, प्रयाप्त स्रोत साधन विनियोजन नहुदा प्राप्त कार्य जिम्मेवारी सम्पादन गर्न कठिन हुनु, प्रदेश सरकारबाट अनुगमन कार्यका लागि प्रयाप्त वजेट विनियोजन नगर्नु र विनियोजन भएको रकम समेत प्राप्त नहुनु, प्रदेश सरकारले १० लाख दिने भनेको तर रकम नदिएको­, भौतिक पूर्वधारको वस्तुनिष्ठ अनुगमन गर्नका लागि आफ्नो छुट्टै गुणस्तर परीक्षण ल्याव नहुनु समस्या भएको उल्लेख गरिएको छ ।

प्राकृतिक स्रोत ढुंगा गिटि वालुवा विक्रिवाट प्राप्त राजस्व वाडफाड गर्दा जिल्ला समन्वय समितिलाइ बाँडफाँड नगर्नु र पालिकावाट प्रशासनिक खर्च पनि नदिनु,योजना अनुगमनवाट दिइएका निर्देशनहरुको कार्यान्वय पक्ष फितलो देखिनु पालिकाहरु निर्देशन कार्यान्वयनमा उदासिन हुनु,जस्ता समस्या देखिएको जानकारी दिए ।

प्रमुख पौडेलले जिल्ला समन्वय समितिलाइ अनुगमन निर्देशनमा दण्डनीय अधिकार नहुदा कार्य गर्न असहज हुनु,विषयगत कार्यालय तथा स्थानीय तहहरुले जिल्ला समन्वय समितिमा समयमा कार्य प्रतिवेदन पेश नगर्नु तथा माग भएका विवरणहरु समयमा उपलव्ध नगराउनु, जस्ता बिधमान समस्याको रूपमा रहेको उल्लेख गरे ।

उहाले आन्तरिक कार्य संचालनलाई सुव्यवस्थित बनाउन आन्तरिक नियन्त्रण कार्यविधि र आन्तरिक आय खर्च सञ्चालन कार्यविधि बनाइ लागु गरिएको भन्दै आन्तरिक कार्यालय र कामलाई उच्च ब्यबस्थित बनाउन सबै जिससहरू सहित स्थानीय तहहरूले उक्त कार्यविधि प्रभाबकारी ढंगले लागु गर्न सके देशको आधा भ्रस्टाचार स्वत न्यूनीकरण हुने दाबी गरे।

प्राप्त कानुनि अधिकारहरूको सीमामा रहेर जिल्ला समन्वय समिति कास्की निरन्तर प्रभावकारिता तर्फ अगाडी बढेको उल्लेख गर्दै पौडेलले कास्की रुग्ण आयोजना शुन्य बनाउने दिशामा अगाडी बढेको उल्लेख गरे।निरन्तरको अनुगमन र समन्वयले दशकौ देखिका अलपत्र परेका रुग्ण आयोजना क्रमशः न्यूनीकरण हुदै गएको उल्लेख गरे।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख सरिता माल र जिल्ला समन्वय अधिकारी नवराज बरालले जिससका गतिबिधि तथा आगामी कार्ययोजनाका सम्बन्धमा प्रकाश पारेको सो कार्यालयका सुचना अधिकृत लक्षु शर्माले जानकारी दिए ।

  • १७ भाद्र २०८२, मंगलवार १७:१२ प्रकाशित