अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तिमा २५० जना, ५०० बढी घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको ज्यान गएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।

यो भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको ज्यान गएको र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको ज्यान गएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी ९एनसीएस० का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।

पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए । ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ ।

  • १६ भाद्र २०८२, सोमबार १२:०८ प्रकाशित