एकतर्फी खुल्याे पृथ्वी राजमार्ग

केन्द्रभाग मिडिया

काठमाडौं ।

अवरुद्ध पृथ्वी लोकमार्गाम एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ ।

शनिबार (आज) बिहान करिब ६:४५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्द पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधानको लामो जाम लागेको थियो ।

जेसीभीको सहायताले ढुंगा पन्छ्याएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा झरिरहेका कारण पहिरो पन्छ्याउन असहज भइरहेको प्रहरीले जनाएको छ ।

  • १४ भाद्र २०८२, शनिबार १२:०३ प्रकाशित