कास्कीको आठौं जिल्ला सभा सम्पन्न

प्रदेश सरकार जिससप्रति असहिष्णु भयो : प्रमुख पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लाको आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ।सभाको गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुखहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सदस्य एवम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा ,जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सदस्य एवम् मुस्ताङका प्रमुख माया गुरुङ,जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ ,जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले सभाको संयुक्त उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति महासंघ गण्डकीका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जिल्ला समन्वय समिति वर्तमान संविधानको मर्म अनुसार क्रीयाशील रहेको भन्दै थप सवलीकरणमा प्रदेश सरकार उदासिन देखिएको भन्दै प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्थाका लागि चासो नदेखाउनु चिन्ताको विषय भएको भन्दै गुनासो गरे ।

प्राप्त कानुनी र संवैधानिक व्यबस्था अनुसार उच्च प्रतिफल प्राप्त हुने गरेर काममा निरन्तर लागि रहेको बताए। पौडेलले गण्डकी प्रदेश सरकार जिसस लाई कानुनी व्यवस्था गर्न लाग्नु पर्ने ठाउँमा उल्टो संविधान विपरित निरन्तर वेवास्ता गर्नु शुभ लक्षण नभएको उल्लेख गरे।

कहिले जिल्ला समन्वय प्रमुखको नेतृत्वको अस्पताल व्यवस्थापन समिति बनाएको र लगत्तै खारेज गरेको छ। जिल्ला समन्वय समितिलाई भनेर बजेट छुट्ट्याउने तर कानुनी झन्झट देखाएर बिनियोजित बजेट समेत कटौती गर्ने गण्डकी प्रदेश सरकारका अस्थिर रवैयाले काम गर्न अप्ठ्यारो भएको उल्लेख गरे।

बिना अध्ययन नीति बनाउनु र बिना विश्लेषण खारेजी गर्नु प्रदेश सरकारको अपरिपक्व काम मात्रै होइन जिसस प्रतिको अनुदार र असहिष्णु व्यवहार भएको पौडेलको भनाई थियो ।

सो अवसरमा करार तथा ज्यालादारीमा ३० बर्षभन्दा बढी समय सडक डिभिजन कार्यालय पोखरा कार्यालय मार्फत सेवा प्रदान गर्ने कर्मचारीहरू ढाकाराम पोख्रेल ,विश्वनाथ पौडेल र सुन्तली बि क लाई नगद दुई हजार पाँच सय नगद सहित सम्मान समेत गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे ।

सभामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल ,पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, साविक जिल्ला विकास समिति कास्की उप–सभापति श्रीनाथ बराल सहित,साविक जिल्ला विकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल ,जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुख बैन बहादुर अधिकारी क्षेत्री, अन्नपूर्ण गाउपालिकाका अध्यक्ष बिष्णु बहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा ,जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सदस्य एवम् मुस्ताङका प्रमुख माया गुरुङ,जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ ,जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले ,जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटि सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभाले जिल्ला समन्वय समिति कास्कीको आन्तरिक नियन्त्रण कार्यविधी र आन्तरिक आय व्यवस्थापन सम्बन्धि कार्यविधी पारित गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

  • ६ भाद्र २०८२, शुक्रबार १५:३३ प्रकाशित