पोखरा ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्त्वपूर्ण सडक सिद्धार्थ राजमार्गको दुरी घटाउने परियोजना सुरु भएको छ । २०२८ सालमा निर्माण सकिएको उक्त सडकको सुधार परियोजना अन्तर्गत अध्ययन सकिएको छ ।
वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त परियोजनापछि हाल १ सय ५७ किलोमिटर रहेको सडक १ सय १२ किलोमिटरमा झर्ने छ । जसअनुसार ४५ किमी दुरी घट्ने सडकको २३ किलोमिटरको सुरुङ मार्ग रहनेछ भने केही नयाँ सडक मार्ग निर्माण हुनेछ ।
अहिले झन्डै ६ घण्टा लाग्ने यो सडक खण्डको यात्रा स्तरोन्नति पछि साढे २ घण्टामा झर्ने अध्ययनले देखाएको छ ।















