पोखरा ।
एकीकृत यातायत मजदुर संगठन गण्डकीले पोखरामा ट्राफिक सेचतना कार्यक्रम सम्पनन गरेको छ । आइतबार पोखराको पृथ्वीचोक र वरपरको क्षेत्रमा ट्राफिक सचेनता गराउँदै पर्र्चा वितरण गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता तुलबहादुर गुरुङले सवारी दुर्घना न्युनिकरणका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । सवारी दुर्घटना न्युनिकरणका लागि सडक प्रयोगकर्ता सबै सरोकारवाला सचेत बन्नुपर्ने उनको भनाइ थियो ।
एकीकृत यातायात मजदुर संगठन गण्डकीका अध्यक्ष तीलबहादुर विश्वकर्माले बढ्दो दुर्घटना न्युनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले ट्राफिक नियमको पालना गर्नु आफू र आफ्ना सबैका लागि भएको बताए ।
एवन ग्रेटर नेपाल यातायत प्रालिका अध्यक्ष अजुर्न पौडेलले एकीकृत यातायत मजदुर संगठनले गरेको कार्यको प्रशंसा गर्दै सबै मिलेर ट्राफिक जनचेतना फैलाउन पर्ने धारणा राखे ।
एकीकृत यातायात मजदुर संगठन गण्डकीका उपाध्यक्ष हरिराम धितालले सो अबसरमा ५०० भन्दा धेरै ट्राफिक जनचेतनामुलक सन्देश लेखिएका पर्चा वितरण गरिएको र चालक सहचालकसहित पैदल यात्रुलाई समेत सम्झाईबुझाइ गरिएको जानकारी दिए ।















