जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको छ ।

केन्द्रीय मन्त्री डा.जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको जानकारी दिएका हुन् ।

‘जंगलोट क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ, अत्यधिक वर्षाका कारण रेलवे ट्र्याक र राष्ट्रिय राजमार्ग समेतमा क्षति भएको छ’, मन्त्री सिंहले लेखेका छन् । प्रशासनले त्यसक्षेत्रमा निगरानी बढाएको उनको भनााइ छ ।

उनका अनुसार घटनालगत्तै कठुआका एसएसपी शोभित सक्सेनाले नागरिक प्रशासन, सेना र अर्धसैनिक बल उद्धारमा खटिएको जानकारी दिएको बताएका छन् ।

यसअघि २९ साउनमा पनि जम्मू कश्मिरकै किश्तवाडको चाशोटी क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा ६० जनाको ज्यान गएको थियो ।

  • १ भाद्र २०८२, आईतवार ११:४१ प्रकाशित