पाकिस्तानमा बाढी र पहिरोले ४८ घण्टामा ३२४ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३२४ जनाको ज्यान गुमाएका छन्।

समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको ज्यान गुमेको हो ।

कोही बाढी र पहिरोले भत्काएका संरचनामा पुरिएका छन् भने, कोही बाढीको पानीमा बगेका छन् ।

खोजी र उद्धार अझै जारी छ।

  • १ भाद्र २०८२, आईतवार ०६:१४ प्रकाशित