काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको स्थित नख्खु कारागार पुर्याइएको छ । उनलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो ।
काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार पुर्याइएको हो ।
रविलाई नख्खु कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थक बाक्लोरुपमा उपस्थित भएका थिए। रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले हात हल्लाएका थिए ।
नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए । २५ चैतमा भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।
उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो । आलोचनापछि सरकार उनलाई नख्खु कारागार लैजान तयार भएको हो ।















