यी प्रदेका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर पूर्णतया बदली रहनेछ ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

  • २७ श्रावण २०८२, मंगलवार ०७:४३ प्रकाशित