कञ्चनपुर ।
महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–१२ ऐरीस्थित नदी किनारमा नुहाइरहेका बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–११ की ७ वर्षीया जीविका पन्त र ८ वर्षीया सानबी पन्त बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए । बेपत्ता बालिकाहरू दाइहरुसँगै नुहाउन गएका थिए ।














